काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधन भएपछि आमा सिता दाहाल अचेत भएकी छन् । आइतबार बिहानको प्रकाश हृदयघातको करण निधन भएको जनाइएको छ ।


ADVERTISEMENT


छोराको मृत्यबाट भावविह्वील बनेकी आमा अर्धचेत अवस्थामा छिन् ।


ADVERTISEMENT

# # #


बुवालाई निर्वाचनको प्रचारमा सघाउँदै आएका उनी केहि दिनअघि सन्चो नभएको बताएपछि काठमाडौँमा आमा सिता दाहलसंगै बस्दै आएका थिए ।

राती सुतिरहेका प्रकाश बिहान नबिउँझिएपछि उनलाई तत्काल कोठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । प्रकाशलाई बिहान उनका सहयोगीले नर्भिक अस्पताल ल्याएका थिए । अस्पतालले बिहान ५ः ४५ बजे नै मृत घोषित गरेको थियो । तर पनि अस्पतालले सञ्चारमाध्यामलाई भने औपचारिक जानकारी दिएको छैन ।

अस्पतालले बाटोमा आउँदै मृत्यु भइसकेको जनाए पनि औपचारिक घोषणा भने हुन बाँकी छ । चुनावी प्रचारको अभियानमा झापामा रहेका बुवा पुष्प कमलदाहाल हेलिकप्टर मार्फत काठमाडौ आइसकेका छन् ।

उनी त्रिभुवन एयरपोर्टबाट निवास लाजिम्पाट गएर आफन्तसंग छलफल गरिरहेको बताइएको छ । उनलाई अन्तिम दाहसंस्कारका लागि पशुपति आर्यघाट लैजाने कि गृहजिल्ला चितवनको देवघाट लैजाने भन्ने छलफल चलिरहेको छ ।

यता नर्भिक अस्पतालले प्रचण्ड अस्पताल पुगेपछि पत्रकार सम्मेलन गर्ने तयारी भइरहेको छ । अस्पतालमा नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ ।

उता दिदी रेणु दाहाल पनि परिवारसिहत काटमाडौँ आइसकेकी छन् । प्रकाशका श्रमती बिना मगर पनि क्ञ्चनपुरबाट छोरासहित काठमाडौँ आउँदैछिन् ।