काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधन भएपछि विभिन्न पार्टीका शीर्ष नेताहरु काठमाडौमा केन्द्रित भएका छन् ।


ADVERTISEMENT


राती सुतेका प्रकाश बिहान बिउझाउँदा अचेत अवस्थामा भएपछि अस्पताल ल्याउँदै गर्दा बाटोमा निधन भएको अस्पतालले जनाएपछि प्रचण्ड परिवारलाई समवेदना प्रकट गर्नका लागि शिर्ष नेता काठमाडौँ आउन थालेका छन् । बिहानै एमाले वरिष्ठ नेता झलनाथ खनाल नर्भिक अस्पताल नै गएका थिए ।


ADVERTISEMENT

# # #


आज र भोलिका लागि चितवनमा तय भएका सम्पूर्ण चुनावी कार्यक्रम स्थगित भएका छन् ।

एमाले महासचिव ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठ पनि अस्पताल आएका थिए । माओवादी नेता वर्षमान पुन, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा पनि आफ्ना निर्वाचन अभियानलाई बीचमै रोकेर काठमाडौं आएका छन् ।

कांग्रेसको तर्फबाट नर्भिक अस्पतालमा पुग्ने प्रकाशमान सिंह पहिलो नेता हुन् । प्रकाशको निधनको खबर सुनेलगत्तै नयाँ शक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराई पनि गोरखाबाट काठमाडौंतिर लागेका छन् ।

ैमाओवादी केन्द्रकी प्रवक्त पम्फा भुसाल पनि बिहानै नर्भिक अस्पताल पुगेकी थिइन । उपराष्ट्रपति नन्दकिशोर पुन पनि दाहाल निवास लाजिम्पाट पुगेर समवेदना व्यक्त गरेका थिए ।

यस्तै छोराको निधन पनि आमा सिता दाहाल अचेत भएकी छन् । छोराको मृत्यबाट भावविह्वील बनेकी आमा अर्धचेत अवस्थामा छिन् ।

बुवालाई निर्वाचनको प्रचारमा सघाउँदै आएका उनी केहि दिनअघि सन्चो नभएको बताएपछि काठमाडौँमा आमा सिता दाहलसंगै बस्दै आएका थिए ।

राती सुतिरहेका प्रकाश बिहान नबिउँझिएपछि उनलाई तत्काल कोठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । प्रकाशलाई बिहान उनका सहयोगीले नर्भिक अस्पताल ल्याएका थिए । अस्पतालले बिहान ५ः ४५ बजे नै मृत घोषित गरेको थियो । तर पनि अस्पतालले सञ्चारमाध्यामलाई भने औपचारिक जानकारी दिएको छैन ।

अस्पतालले बाटोमा आउँदै मृत्यु भइसकेको जनाए पनि औपचारिक घोषणा भने हुन बाँकी छ । चुनावी प्रचारको अभियानमा झापामा रहेका बुवा पुष्प कमलदाहाल हेलिकप्टर मार्फत काठमाडौ आएर अस्पताल पुगिसकेका छन् ।

उनी त्रिभुवन एयरपोर्टबाट निवास लाजिम्पाट गएर आफन्तसंग छलफल गरेका थिए । उनलाई अन्तिम दाहसंस्कारका लागि पशुपति आर्यघाट लैजाने कि गृहजिल्ला चितवनको देवघाट लैजाने भन्ने छलफल चलिरहेको छ ।

यता नर्भिक अस्पतालले प्रचण्ड अस्पताल पुगेपछि पत्रकार सम्मेलन गर्ने तयारी भइरहेको छ । अस्पतालमा नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ ।

उता दिदी रेणु दाहाल पनि परिवारसिहत काटमाडौँ आइसकेकी छन् । प्रकाशका श्रमती बिना मगर पनि भर्खरै अस्पताल आइपुगेकी छन् ।

विभिन्न पार्टीका शीर्ष नेता कार्यतकर्ताहरुले श्रद्धान्जली व्यक्त गरेका छन् ।