काठमाडौं – लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि ले संखुवासभाको खांदवारीमा यहि पौष २० गतेदेखि ३ दिनसम्म “कृषि बीमा क्षति मूल्यांकनकर्ताको तालिम” सम्पन्न गरेको छ ।


ADVERTISEMENT


२६ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको उक्त तालिममा बीमा समितिका उपनिर्देशक श्री निर्मल अधिकारी र कम्पनीका सहायक महाप्रबन्धक श्री नवराज तिमिल्सेनाले सहभागीहरुलाई तालिम प्रदान गरेका थिए ।


ADVERTISEMENT

# # #


तालिममा जिल्ला समन्वय समितिका संयोजक श्री सुमन शाक्य, जिल्ला पशु सेवा कार्यालयका प्रमुख हिमालय पोखरेल लगायत कम्पनीका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।