सोलुखुम्बु – छिमेकीको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका १ बुम्रेका ४५ वर्षीय वाङदी शेर्पो हत्याको आरोपमा छिमेकी ५२ वर्षीय दानु शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


प्रहरीको अनुसार वाङदीले कुटपिट गरी दानुको हत्या गरेका हुन् । गएराति पौने १२ बजे घटनाको जानकारी पाए लगतै प्रहरी चौकी खरिखोलाबाट प्रहरी टोली खटि वाङदी शेर्पालाई नियन्त्रणमा लिईएको थियो ।


ADVERTISEMENT

# # #


घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।