काठमाडौँ – शुक्रबारदेखि काठमाडौँ उपत्यकामा चल्ने सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि बिहीबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।


ADVERTISEMENT


कोरोनाको जोखिम कम नभएसम्मका लागि जोरबिजोर प्रणाली लागू गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । जोरबिजोरले मानिसको आवागमन जतिसक्दो कम हुने भएकाले कोरोना रोकथाममा सहयोग पुग्न उनको भनाई छ ।


ADVERTISEMENT

# # #


डिपार्टमेन्ट स्टोर, सपिङ मललगायतमा अधिकतम २० जनाभन्दा बढी प्रवेश नदिने गरी आवश्यक व्यवस्था मिलाउन समेत बैठकले निर्देशन दिएको छ ।