पर्वत – पर्वत जिल्ला अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत चार जना चिकित्सकसहित १६ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि पर्वत जिल्ला सबै सेवा बन्द भएको हो ।


ADVERTISEMENT


अस्पतालले शुक्रबार सूचना जारी गरी आकस्मिक सेवा र फिवर क्लिनिकबाहेक सबै सेवा बन्द भएको जनाएको छ । पर्वत अस्पतालका निमित्त सुपरिटेण्डेण्ट डा धनबहादुर क्षेत्रीका अनुसार माघ ९ देखि १४ गतेसम्म अस्पतालका सेवा बन्द गरिएको हो ।


ADVERTISEMENT

# # #


पर्वत अस्पतालले अहिले दैनिक रुपमा एन्टिजेन परीक्षण गरिरहेको छ । परीक्षण गरिएकामध्ये ७२ देखि ८० प्रतिशतसम्म दैनिक संक्रमण देखिएको बताइन्छ । तेश्रो लहरबाट पर्वतमा १०८ जना सक्रमित भइसकेका छन् । रासस