काठमाण्डौं-आईसीसी ट्वान्टी २० महिला विश्वकप क्रिकेटको एसियाली छनोटको पहिलो खेलमा नेपाली टोलीले आयोजक थाईल्याण्डसंग अंक बांडेको छ ।


ADVERTISEMENT


थाइल्याण्डले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ३ ओभर ४ बलमा १० रन बनाउादा वर्षाले खेल रोकिएपछि नेपाली टोलीले अंक बांडेको हो । बैंककमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै ९० रन जोडेको थियो ।


ADVERTISEMENT

# # #


थाइल्याण्डको लागि चाइवाईले सर्वाधिक २३ रन वनाइन् । त्यस्तै चानथमले १८ रन टिमको खातामा जोडेकी थिईन् । बलिङ तर्फ नेपालका लागि सरिता मगरले २ तथा कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले एक एक विकेट लिए । प्रतियोगिता अन्तर्गत नेपालले भोलि हङकङसँग खेल्नेछ ।

प्रतियोगितामा नेपालले आयोजक थाईल्याण्डसंगै चीन, हङकङ, मलेसिया र संयुक्त अरब ईमिरेट्ससंग राउण्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछ । शीर्ष स्थानमा रहने २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

उपाधि विजेता टोलीले ट्वान्टी २० महिला विश्व कपको ग्लोबल छनोट खेल्ने अवसर पाउने छ । महिला विश्व कपको ग्लोबल छनोट सन् २०१८ को जुनमा नेदरल्याण्ड्मा हुनेछ ।