काठमाण्डौं-चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमले एमबीबीएस प्रवेश परीक्षा यही मंसिर १६ गते पुन:सञ्चालन गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


गत असोज महिनामा भएको परीक्षा हिजो रद्द गर्दै आईओएमले नयाँ मिति निर्धारण गरेको हो । आईओएम परीक्षा समितिका संयोजक प्रा.डा राजेन्द्र गुरागाईले मंसिर १६ गते बिहान १० देखि १२ बजेसम्म परीक्षा लिने निर्णय भएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


यसअघि एमबीबीएस प्रवेश परीक्षा अमर्यादित भएको भन्दै त्रिवि कार्यकारी परिषद्ले परीक्षा पुन: सञ्चालन गर्न आईओएमलाई सुझाव दिएको थियो ।

परीक्षामा सहभागी केही परीक्षार्थीले विशेष किसिमको विद्युतीय उपकरण प्रयोग गरी चिट चोरेको भन्दै परीक्षा रद्द गरी पुनस् सञ्चालन गर्नुपर्ने माग सहित एमबीबीएसका विद्यार्थी एक महिनादेखि आन्दोलित थिए ।

चिट चोरेको प्रकरणमा पक्राउ परेका विद्यार्थी बाहेक अन्य सबै विद्यार्थीले परीक्षामा सहभागी हुन सक्ने डा. गुरागाईले बताए । मंसिर १६ गते लिने परीक्षामा कडाई गरिने आईओएमले जनाएको छ ।