ओखलढुंगा । अबको एजेन्डा विकास र समृद्धिको हो भन्ने यकिन भईसकेको छ । प्रतिनिधि सभा र प्रदेश सभाका लागि निर्वाचन भईरहँदा कस्ता व्यक्तिलाई जनप्रतिनिधि बनाउने भन्ने सवालमा समेत गहिरो ख्याल गरिएको छ । यसअघिका साँसदहरुले गरेका कामहरुबाट नै उनीहरु प्रतिको जनताको आशा भावी दिनका लागि समेत केन्द्रीत भईरहेको छ । साँसद हुँदा धेरै नै जनप्रिय बनेका नेता हुन् रामहरि खतिवडा । सबै भन्दा धेरै पटक जिल्ला र क्षेत्र पुगेर काम गरेका खतिवडाको योगदानलाई जनताले सम्झिरहेका छन् ।


ADVERTISEMENT


साँसद हुँदा ओखलढुँगाको विकासका लागि मनग्गे कामहरु भएका छन् । उनका पालामा सम्पन्न भएका विकासका कामहरु धेरै सम्पन्न भएका छन्, कतिपय निर्माणाधिन छन् ।


ADVERTISEMENT

# # #


उनका पालामा भएका विकासका कामहरुको फेहरिस्त यस्ता छन् :

१. हर्कपुर सुनकोशी पक्कि पुल निर्माण ।
२. हर्कपुर ( ओखलढुङ्गा कालोपत्रे ।
३. पलापु जलिकिनी झोलुङे पुल निर्माण ।
४. बलखु झोलुङे पुल निर्माण ।
५. घाङ्साङ्वेसी झोलुङे पुल निर्माण ।
६. लिखु एकवर सडक निर्माण ।
७. दुधकोशी एकवर निर्माण ।
८. नवलपुर ( कोसहात ( ककनी सडक निर्माण ।
९. नवलपुर पक्कि पुल निर्माण ।
१०. सघुटार ( घोराखरी कालोपत्रे योजना ।
११. मोलुंग एक वर सडक निर्माण ।

रामहरि खतिवडाको साँसदकालमा ओखलढुङामा भएक राष्ट्रिय योजानहरुले यतिबेला उनी आफ्नो क्षेत्रका जनतामाझ हाई हाई बनिरहेको घरदैलो र चुनावी अभियानका दौरानमा जनताहरुबाट प्रष्फुटित भईरहेको छ ।

‘ओखलढुँगामा विकास भएको छ भने रामहरी खतिवडाकै कारण भएको छ’ एक स्थानीयले भने ‘सानदार भोटले जिताउने गरी हामी लाग्छौं, अब अझै धेरै आर्थिक विकास र ओखलढुँगालाई समृद्ध बनाउनुछ ।’