काठमाण्डौं-जनसंख्या बढी भए पनि पछिल्ला निर्वाचनमा महिला मतदाताको संख्या घट्दै गएको छ । ०७० सालको संविधानसभा निर्वाचनको तुलनामा स्थानीय निर्वाचन र आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा महिला मतदाताको संख्या घटेको हो ।


ADVERTISEMENT


पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले मतदाता नामावली अद्यावधिक गर्न चासो कम भएकाले महिला मतदाता घटेको बताए । उनले भने, ‘वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढेको छ ।


ADVERTISEMENT

# # #


पढेका महिलाले मतदाता परिचयपत्र लिन चासो नदेखाएका कारण पनि दोस्रो संविधानसभा चुनावमा भन्दा महिला मतदाताको संख्या कम भएको हो ।

संविधानसभा निर्वाचन २०७० मा एक करोड २१ लाख ४७ हजार आठ सय ६५ जना मतदाता थिए । तीमध्ये ६१ लाख ६६ हजार आठ सय २९ अर्थात् ५० दशमलव ७६ प्रतिशत महिला मतदाता थिए । पुरुष मतदाताको संख्या ४९ दशमलव ३३ प्रतिशत थियो ।

स्थानीय तह निर्वाचनमा एक करोड ४० लाख ५४ हजार चार सय ८२ जना मतदाता थिए । तीमध्ये ६९ लाख ४८ हजार ६ सय २५ महिला थिए भने ७० लाख ६९ हजार सात सय १४ पुरुष मतदाता रहेको निर्वाचन आयोगको अभिलेखले देखाएको छ ।

स्थानीय तह निर्वाचनमा महिलाको भन्दा पुरुष मतदाताको संख्या एक लाख पाँच हजार ८९ बढी थियो । – आजको अन्नपुर्ण पोष्टबाट