काठमाडौँ – युवा खेलाडी सागर ढकाल टी–२० विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा थपिएका छन् । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले सागरलाई पनि नेपाली टोलीमा समावेश गरेको हो ।


ADVERTISEMENT


ओमानमा फेब्रुअरी १८ देखि सुरु हुने ग्लोबल छनोटका लागि यसअघि सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली टोली घोषणा भएको थियो । तर, कोरोनाका कारण टिममा आउन सक्ने परिस्थितिलाई हेरेर सागरलाई पनि टोलीमा थपिएको हो ।


ADVERTISEMENT

# # #


यसअघि नेपाली टोलीको बन्द प्रशिक्षणमा परेका सागर राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाउन सफल भएका हुन् । यू–१९बाट नै क्रिकेट करियर सुरु गरेका बाँयाँ हाते स्पिनर २० वर्षीय सागरले पछिल्लो समय घरेलू प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएका थिए ।

नेपाली टोली ग्लोबल छनोटका लागि आजै ओमान जाँदैछ । ग्लोबल छनोट अघि नेपालले घरेलू टोली ओमान, आयरल्याण्ड र युएईसँग टी–२० सिरिज खेल्दैछ ।

ग्लोबल छनोटका लागि यस्तो बन्यो १७ सदस्यीय नेपाली टोली

१. सन्दीप लामिछाने
२. कुशल भुर्तेल
३. आसिफ शेख
४. दिपेन्द्र सिंह ऐरी
५. ज्ञानेन्द्र मल्ल
६. शरद भेषावकर
७. आरिफ शेख
८. करण केसी
९. जितेन्द्र मुखिया
१०. अविनाश बोहरा
११. शाहव आलम
१२. कुशल मल्ल
१३. कमल सिंह ऐरी
१४. विवेक यादव
१५. प्रदीप ऐरी
१६. लोकेश बम
१७. सागर ढकाल

नेपालको टी–२० सिरिजको खेल तालिका

११ फेब्रुअरी (माघ २८) : ओमानविरुद्ध अपरान्ह ३ः४५ बजे (नेपाली समय)
१२ फेब्रुअरी (माघ २९) : युएईविरुद्ध अपरान्ह ११ः४५ बजे (नेपाली समय)
१४ फेब्रुअरी (फागुन २) : आयरल्याण्डविरुद्ध अपरान्ह ३ः४५ बजे (नेपाली समय)

नेपालको ग्लोबल छनोटको खेल तालिका

१८ फेब्रुअरी (फागुन ६) : ओमानविरुद्ध दिउँसो ११ः४५ बजे (नेपाली समय)
१९ फेब्रुअरी (फागुन ७) : फिलिपिन्सविरुद्ध दिउँसो ११ः४५ बजे (नेपाली समय)
२१ फेब्रुअरी (फागुन ९) : क्यानडाविरुद्ध दिउँसो ११ः४५ बजे (नेपाली समय)