धनगढी– धनगढीको चटकपुरमा डिशहोम फाईबरनेट सह वितरकको सोरुम उद्घाटन भएको छ । डिशहोम फाईवरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सो सोरुमको सञ्चालन गरिएको हो । सो सोरुमको सञ्चालन श्री कृष्ण ईन्टरप्राईजेजले गर्नेछ ।


ADVERTISEMENT


विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँगको सहकार्यमा डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्‍याउँदै आएको ईन्टरप्राईजेजले अब सह–वितरणको सेवा नयाँ सोरुममार्फत दिनेछ ।


ADVERTISEMENT

# # #


एक सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको ईन्टेरप्राईजेजले अब अझ बढी ग्राहकहरूको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने श्री कृष्णका सञ्चालक सुरेश पाठकले जानकारी दिए ।

सोरुम उद्घाटनको उक्त समारोहमा डिशहोमका तर्फबाट सेल्स अफिसर कमल रिमाल र सेल्स अफिसर लक्ष्मी राज जोशी लगायतको उपस्थित रहेको थियो ।