काठमाडौँ – नेपालाी राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका छन् । उनी यस फर्म्याटमा ५० विकेट लिने पहिलो नेपाली बलर बनेका हुन् ।


ADVERTISEMENT


सन्दीपले २९ वटा टी–२० अन्तर्राष्ट्रिय खेलमा नै ५० विकेट लिएका हुन् । साथै सन्दीप टी–२० अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने विश्वकै तेस्रो बलर समेत बनेका छन् । सन्दीपले सोमबार ओमानमा आरल्याण्डविरुद्ध भइरहेको खेलमा उक्त उपलब्धी हासिल गरेका हुन् ।


ADVERTISEMENT

# # #


टी–२० अन्तर्राष्ट्रिय सर्वाधिक छिटो ५० विकेट लिने रेकर्ड श्रीलंकाका अजन्था मेण्डिसको नाममा रहेको छ । उनले २६ खेलमा नै उक्त उपलब्धी हासिल गरेका छन् । यस्तै आयरल्याण्डका मार्क अडायरले २८ टी–२० अन्तर्राष्ट्रिय वटा खेलमा ५० विकेट पूरा गरेका थिए ।

नेपालबाट टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने दोस्रो खेलाडीमा करण केसी रहेका छन् । करणले ३३ खेलमा ४४ विकेट लिएका छन् । यस्तै सोमपाल कामीले ३३ खेलमा ३१, अविनाश बोहराले २६ खेलमा २६ टी–२० अन्तर्राष्ट्रिय विकेट लिएका छन् ।