काठमाडौँ – ओमानमा जारी चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा आयरल्याण्डले नेपाललाई १२८ रनको सामान्य चुनौती दिएको छ ।


ADVERTISEMENT


सोमबार ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको टेस्ट राष्ट्र आयरल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२७ रनमै समेटिएको हो ।


ADVERTISEMENT

# # #


आयरल्याण्डले सुरुवाती ६ ओभरमै ३ विकेट गुमाएको आयरल्याण्डका लागि जर्ज डक्रेलले सर्वाधिक २८ रन बनाए । उनले २२ बलमा २ चौका र १ छक्का प्रहार गरे । कर्टिस क्याम्परले २० बलमा १ छक्कासहित २० रन बनाएर दीपेन्द्र सिंह ऐरीबाट आउट भए ।

नेपालका लागि कमलसिंह ऐरीले पहिलो विकेट दिलाए । उनले खेलको चौथो बलमै आक्रामक ब्याट्सम्यान पउल स्टर्लिङलाई २ रनमा बोल्ड आउट पारे ।

यस्तै जितेन्द्र मुखियाले दोस्रो विकेट दिलाउने क्रममा गारेथ डिलानीलाई ९ रनमा कट एन्ड बोल्ड गरे । यस्तै अविनाश बोहराले आफ्नो पहिलो ओभरमै आयरल्याण्डका कप्तान एन्डी बाल्बिर्नीलाई १९ बलमा बोल्ड गर्दै पेवेलियन फर्काए ।

आयरल्याण्डलाई सस्तैमा समेट्नेक्रममा दीपेन्द्रसिंह ऐरीले शानदार बलिङ गरे । उनले ४ ओभरमा मात्र २१ रन खर्चिएर ४ विकेट चट्काए । यस्तै अविनाश बोहराले ४ ओभरमा २९ रन खर्चिएर २ विकेट लिए ।

कमल सिंह ऐरी, कप्तान सन्दीप लामिछाने र जितेन्द्र मुखियाका नाममा १–१ विकेट रह्यो । नेपालले जवाफी ब्याटिङ गर्दैछ ।