काठमाडौं – त्रिभुवन विश्वविद्यालयले आंशिक र करार शिक्षक तथा कर्मचारीबाट बारम्बार तालबान्दी गरेर स्वतः स्थायी हुन खोज्ने प्रवृति बढेको भन्दै अब सो दबाव स्वीकार्य नहुने प्रष्ट पारेको छ ।


ADVERTISEMENT


त्रिभुवन विश्वविद्यालयले सोमबार लामो अपिल जारी गर्दै विभिन्न शिक्षक कर्मचारी तथा विद्यार्थी संगठनका नामबाट भइरहेका आन्दोलन, तालावन्दी र अनसनहरुले विश्वविद्यालयको पठनपाठन, प्रशासनिक काममा अवरोध उत्पन्न भएको भन्दै यस्ता प्रवृति अन्त्य गर्न सबैमा आह्वान गरेको छ ।


ADVERTISEMENT

# # #


सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्र प्रसाद दाहालले जारी गरेको अपिलमा अनावश्यक र असान्दर्भिक माग राखेर त्रिविमा निरन्तर तालाबन्दी गर्नुको पछाडि प्राज्ञिक भन्दा पनि भिन्न तत्वले सक्रियता बढाइरहेको आशंका गरिएको छ ।

अपिलमा भनिएको छ– अनसनको आडमा वा तालावन्दीको दवावमा विश्वविद्यालयका पदाधिकारीहरुलाई भौतिक,मानसिक र नैतिक दवाव दिई आंशिक शिक्षकलाई स्वतः करार सेवामा,करा सेवा प्रवेश पश्चात स्वतः स्थायी वा आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गर्ने परम्परालाई हालको त्रिवि नेतृत्वले अब उप्रान्त कदापी स्वीकार गर्दैन । खुला प्रतिस्पर्धामार्फत आफूलाई अब्बल साबित र्ग खोज्ने,अनुसन्धानमा विशेष रुची राख्ने,सृजनशील,लगनशील, अनुशासित शिक्षकहरुलाई त्रिविले सदैव स्वगत गर्दछ ।

त्रिवि नेतृत्वले विशिष्टिकृत विश्वविद्यालयको रुपमा रुपान्तरण गर्न लागेकोले अब जनशक्ति भर्ना सेवा आर्फतमपार्mतमात्र हुने समेत प्रष्ट पारेको छ ।

पछिल्लो समय विश्वविद्यालयका करार तथ आंशिक शिक्षक कर्मचारीले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुनुपर्ने माग राखेर तालाबन्दी गर्दै आएका छन् ।