काठमाडौं –  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहायता परियोजना एमसिसी सम्झौता  छलफलका लागि संसदीय समितिमा पठाउनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान बसेको गठबन्धनको बैठकमा उनले एमसिसी प्रस्तावलाई संसदीय समितिमा छलफलमा पठाउन आग्रह गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रचण्डको सचिवालयले भनेको छ‚ ‘अध्यक्ष कमरेडले यदी तपाईं टेवल गरिछाड्ने हो भने प्रस्तावलाई छलफलको लागि समितिमा पठाउन आग्रह गर्नु भयो तर प्रधानमन्त्रीज्यू भने टेवल गरेर प्रक्रियामा लैजाने अडानमै रहनुभएको छ ।’

बैठकमा अध्यक्ष प्रचण्डले कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भए पनि अरु कुनै विधेयक टेबल नभएको अवस्थामा सभामुखलाई एमसिसी मात्र टेबल गर भन्नु नउपयुक्त हुने धारणा राखेको सचिवालयले जनाएको छ।
सचिवालयले भनेको छ‚ ‘अध्यक्ष कमरेड प्रचण्डले कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भएतापनि हाल लामो समयदेखि सदन अबरुद्ध भएको र अरु कुनै पनि विधेयक टेवल नभएको अवस्थामा सभामुखलाई एमसिसी मात्र टेवल गर भन्नु उपयुक्त नहुने कुरा प्रष्ट गर्नुभयो ।’

यस्तै बैठकमा उपरोक्त स्थितिमा आ-आफ्नो विचार अनुसार सदनमा नै छलफल गर्ने समझदारी भएको जनाइएको छ ।