काठमाडौँ – ओमानमा जारी टी–२० विश्वकप छनोट प्रतियोगितामा क्यानडाले नेपाललाई ८१ रनको समान्य चुनौती दिएको छ ।


ADVERTISEMENT


ओमानको मस्कटस्थित अल अमारेत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले १५ ओभरमा सबै विकेट गुमाउँदै ८० रनमै समेटिएको हो ।


ADVERTISEMENT

# # #


क्यानडालाई सस्तैमा समेट्ने क्रममा नेपाली बलरले घातक बलिङ गरे । जसक्रममा कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । सन्दीपले ४ ओभरमा १२ रन मात्रै खर्चिए । यस्तै कमलसिंह ऐरी र अविनाश बोहराले समान १-१ विकेट हात पारे । त्यसक्रममा अविनासले ३ ओभरमा ७ तथा कमलले ३ ओभरमा १६ रन खर्चिए ।

क्यानडाका लागि १०औँ नम्करमा ब्याटिङ गर्न आएका डिलोन हेलिङ्गरले सर्वाधिक २४ रन बनाए । नटआउट रहेका उनले २२ बलमा २ छक्का र १ चौका प्रहार गरे । १०.१ ओभरमा ४८ रन बनाउँदा ९ विकेट गुमाएको क्यानडाका लागि उनले अन्तिम ओभरका लागि सलमान नजारसँग मिलेर ३२ रनको साझेदारी गरे । त्यसक्रममा नजारले ९ बलमा १ चौकासहित १० रन बनाए ।

यस्तै कप्तान नवनित धलिवाल १४ बलमा २ चौका र १ छक्कासहित १८ रनमा आउट भए । रायन पठान ११ बलमा १ चौका र १ छक्कासहित १४ रनमा पेवेलियन फर्किए ।