काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारसँग भाडा समायोजन गर्न माग गरेका छन् ।


ADVERTISEMENT


पेट्रोलियम पदार्थको लगातार मूल्यवृद्धिको विरोध जनाउँदै सिटौलाले सरकारलाई मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


यस अघि नै  पेट्रोलियम पदार्थको मूल्य नघटाए आन्दोलन गर्ने चेतावनी दिँदै आएको महासंघले पेट्रोलियम पदार्थको  मूल्यवृद्धिसँग सामाञ्जस्य हुनेगरी भाडा समायोजनको माग गरेको हो ।

महासंघका महासचिव सरोज सिटौलाले मंगलबार एक विज्ञप्ति जारी गर्दै आम उपभोक्ता र यातायात व्यवसायीलाई प्रत्यक्ष प्रभाव पर्नेगरी गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको चर्को विरोधसमेत गरेका छन् ।

भाडा समायोजनका बेला पेट्रोलियम पदार्थको मूल्य र हालको मूल्य फरक रहेकाले सरकारले कि भाडा समायोजन गर्नुपर्ने वा पेट्रोलियम पदार्थको  मूल्यवृद्धि फिर्ता लिनुपर्ने सिटौलाले बताएका छन् ।

यस्तो छ  सिटौलाको विज्ञप्ति: