काठमाडौँ– सरकारले औषधी प्रयोगको लागि नेपालमा गाँजाको प्रयोगलाई वैधानिकता दिने निर्णय गरेको छ । यसका लागि गृह मन्त्रालयले गाँजा तथा गाँजाजन्य पदार्थ (नियमन) विधेयक–२०७८ समेत तयार पारेको छ ।


ADVERTISEMENT


फागुन १० मा बसेको गृहमन्त्री बालकृष्ण खाणको मन्त्रीस्तरीय बैठकले विधेयक निर्णयसहित सैद्धान्तिक सहमतिका लागि पठाएको हो ।


ADVERTISEMENT

# # #


विधेयकमा गाँजाको उत्पादन, संकलन, बिक्री वितरण र निकासी कसरी गर्ने भन्ने विषय समेटिएको मन्त्रालयको लागु औषध नियन्त्रण शाखाका प्रमुख उपसचिव गोकर्णप्रसाद उपाध्यायले बताए । उनका अनुसार, त्यो विधेयक कानुन निर्माण भएपछि तत्काल कार्यान्वयनमा ल्याउने तयारी गृहको छ।

विधेयक पारित पछि लागुऔषध नियन्त्रण ऐन २०३३ ले गाँजामाथि लगाइएको पूर्ण प्रयोगको बन्देज बदर भई नयाँ कानुन लागु हुनेछ ।

हाल अवैधानिकता कायमै रहेको गाँजामाथि अध्ययन, अनुसन्धान गर्न काठमाडौ विश्व विद्यालयले तथा खेतीका लागि काठमाडौ संघसंस्था सरकारको स्वीकृतिको पर्खाइमा छन् ।