काठमाडौं – नेपाली कला क्षेत्रमा यतिबेला अभिनेता पल शाह विवादको विषय बनेका छन् । एक नाबालिग गायिकामाथि करणी सम्बन्धी कसुरमा उनीविरुद्ध जाहेरी दर्ता भएसँगै उनी विवादको केन्द्रमा रहेका हुन् ।


ADVERTISEMENT


शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पीडित नाबालिगको तर्फबाट उनका पिताले जाहेरी दर्ता दिएका हुन् । जाहेरीमा शाहले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिगमाथि पटक पटक करणीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा करणी गरेको उल्लेख गरिएको छ ।


ADVERTISEMENT

# # #


शाहलाई पक्राउ गर्न अहिले प्रहरी परिचालन भइसकेको छ । शाह दोषी हुन् वा होइनन् भन्ने विषय अब कानुन र अदालतले छुट्याउने नै छ तर, पलको घटनालाई लिएर सामाजिक सञ्जालमा कला क्षेत्र र कलाकारलाई गाली गर्नेको ओइरो लागेको छ । केहीले भने पल शाहको बचाउ पनि गरेका छन् ।

कानुनमा  जबरजस्ती करणीजस्तो फौजदारी कसुरमा स्पष्ट तथ्य, कारण तथा स्वास्थ्य परीक्षण प्रतिवेदनको नतिजाअनुरूप जबरजस्ती करणी हुनको लागि आवश्यक पर्ने सुस्पष्ट तथ्य र प्रमाणबाट मात्र कसुरको ठहर गरी सजाय गर्न न्यायोचित हुने व्यवस्था गरिएको छ ।

नेपालको कानुनमा उल्लेख भए अनुसार कसैले पनि कुनै महिलालाई निजको मञ्जुरी नलिई  करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई करणी गरेको मानिनेछ ।

प्राप्त प्रमाण र जाहेरीवालाको जाहेरी मिल्न गएमा कानुनत पल दोषी ठहरिनेछन् । भावनात्मकरुपमा सहमतिमा यौनजन्य क्रियाकलाप गरिएको भए पनि नाबालिकको हकमा कानुनले पललाई नै दोषी पाउनेछ । किनभने बालिक नभइन्जेलको सहमति पनि बलजफ्ती नै ठहरिनेछ । कानुनले भावनाका कुरालाई ख्याल गर्दैन ।

पीडित भनिएकी समिक्षाको उमेर अझै पनि बालिक उमेर पुगिनसकेको अवस्था रहेकोले उनको पक्षबाट उनको पिताले जाहेरी दर्ता दिएका कारण पनि पललाई समस्या पर्ने देखिएको छ । कानुनत बालिकाको स्वास्थ्य परीक्षणले देखाएका प्रमाणहरुले नै पलको भविष्य कस्तो हुन्छ भन्न सकिन्छ । अहिले यसै हुन्छ भनेर ठोकुवा गर्ने ठाउँ छैन ।