काठमाडौं – नेपालमा भित्रिएको पहिलो छापाखाना ‘गिद्धे प्रेस’ राष्ट्रिय सङ्ग्रहालयको टहरोमा थन्किएको छ । त्यसका अङ्ग खुस्किएका छन् । केही भाग सङ्ग्रहालय परिसरमा छरिएका छन् । निकै गह्रौँ भएकाले छरिएका भागलाई बोकेर टहरोसम्म लैजान कठिन बनेको छ ।


ADVERTISEMENT


सङ्ग्रहालय प्रमुख जयराम श्रेष्ठले प्रेसका हरेक अङ्ग निकै गह्रौँ भएकाले सङ्ग्रहालयका जनशक्तिबाट जोड्ने प्रयास सम्भव नभएको बताउँदै भने, “त्यसलाई जोड्ने विधि पनि चाहिन्छ । जोड्न जान्ने मानिस पनि छैनन् । त्यसैले त्यत्तिकै थन्किएर रहेको छ ।”


ADVERTISEMENT

# # #


विसं १९०७ मा बेलायत भ्रमणबाट स्वदेश भित्रिएका तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले आफूसाथ छापाखाना ल्याएका थिए । छापाखाना १९०८ सालमा नेपाल आइपुगेको थियो । त्यस प्रेसको सिरानमा गिद्धको आकृति भएकाले त्यसलाई ‘गिद्धे प्रेस’ भन्न थालियो ।

प्रधानमन्त्री जङ्गबहादुरकै पालामा गिद्धे प्रेसले मुलुकी ऐन पनि छापेको थियो । गिद्धे प्रेसलाई सुरुमा थापाथली दरबारमा जडान गरिएको थियो ।  गोरखापत्र दैनिकबाट ।