एजेन्सी – पाकिस्तानको एउटा मस्जिदनजिकै भएको बम विस्फोटनको घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


सरकारी अधिकारीहरुले अरु ५६ जना घाइते भएका र ती मध्ये केहीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् । घाइतेहरुको अवस्था हेर्दा मृतकको सङ्ख्या बढ्न सक्ने चिकित्सकहरुले अनुमान गरेका छन् ।


ADVERTISEMENT

# # #


देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने खैबर पख्तुन्ख प्रान्तको पेशावर सहरमा शुक्रबार घटना भएको प्रहरीले जनाएको छ ।विस्फोटनको सूचना पाउने वित्तिकै सुरक्षाकर्मीहरु घटनास्थलमा पुगेका थिए । प्रहरीले तत्कालै घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

सुरक्षाकर्मी तथा उद्धारकर्ताहरुले घटनामा पिडित भएकाहरुलाई तत्कालै उद्धार गरेर स्थानीय विभिन्न अस्पताल लगेका थिए ।