काठमाडौँ–  काठमाडौं महानगरपालिकाले न्युरोड, रत्नपार्क र टुाडिखेल आसपासको क्षेत्रलाई धुलोमुक्त बनाउन सफाइको काम तीव्र पारेको छ ।


ADVERTISEMENT


बिहीबार र शुक्रबार दुई विहान काठमाडौं महानगरका मुख्य सडकबाट ९ मेट्रिक टन धुलोसहितको फोहोर बटुलिएको छ ।


ADVERTISEMENT

# # #


महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी महाशाखाबाट परिचालित टोलीले बागदरबारदेखि सुन्धारा छिर्ने चोकसम्म र न्युरोड गेटदेखि जुद्ध शालिकसम्मको मुल सडकको धुलो बढारेको हो । यसरी सफाइ गर्दा झण्डै ९ मेट्रिकटन परिमाणमा धुलो माटो संकलन गरेको छ ।

यसमा करिब ५ सय मिटरको लम्बाइको न्युरोड खण्डमा ५ मेट्रिक टन र बाँकी सुन्धारा खण्डबाट ४ मेट्रिक टन धुलोजन्य फोहोर भएको महानगरको कार्य सञ्चालन शाखा प्रमुख मीनबहादुर थापाले जानकारी दिए

यस्तो धुलो माटो संकलन गर्न ६५ जना खटिएका थिए । सडकमा प्लास्टिक लगायतका फोहोर पनि संकलन गरिएको हो ।