काठमाण्डौं-पुत्र शोकमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा पुनः घरदैलो र चुनावका कार्यक्रम सुरु गरेका छन् । शुक्रबार मात्रै उनले एक भेला र एक चुनावी कोणसभामा सहभागिता जनाए ।


ADVERTISEMENT


भरतपुर आएलगत्तै प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र पश्चिम चितवनको शिवनगरमा वाइसियल नेपाल र युवा संघ नेपालको चितवन क्षेत्र नम्बर ३ को संयुक्त भेलालाई उद्घाटन गरेका थिए । अध्यक्ष प्रचण्डले विकास, समृद्धि र समाजवादतर्फ लैजाने वाम गठबन्धनको सपनाको जग हाल्ने काम सुरु भएको बताए ।


ADVERTISEMENT

# # #


‘७० वर्षदेखि भुँमरीमा परेको देशलाई स्थिरता दिने जिम्मेवारी काँधमा आएको बताउँदै उनले कम्युनिस्टहरूको बलियो एकताले मात्र बहुमतको सरकार दिने र राजनीतिक स्थिरता दिने बताए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कमरेड मनमोहन अधिकारी, केपी शर्मा ओली र आफूले नेपालमा केही रेकर्ड बनाएको बताए ।