काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेको आफ्नो धारणा दोहोर्‍याएका छन् । आज नुवाकोटको किस्पाङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले सो धारणा पुनः व्यक्त गरेका हुन् ।


ADVERTISEMENT


सो कार्यक्रममा प्रधानमन्त्री देउवाले हालै प्रतिनिधिसभाबाट पारित भएको उक्त एमसिसी परियोजनाका बारेमा गरिएका नकारात्मक टिप्पणीहरु भ्रममात्र भएको पनि स्पष्ट पारेका छन् । सो प्रसङ्गमा उनले यस परियोजनाको विरोध गर्ने एमाले नेता भीम रावलले आफैँ मन्त्रिपरिषद्मा रहँदा सो परियोजना पास गरेको तर अहिले आएर विरोध मात्र गरेको समेत उल्लेख गरे।


ADVERTISEMENT

# # #


कार्यक्रम स्थलबाटै प्रश्न गर्दै उनले भने, ‘आफैँ मन्त्री भएका बेला मन्त्रिपरिषद्बाट पास गरेका भीम रावलले त्यसबेला किन आलोचना गर्नुभएन ? त्यतिबेला राजीनामा नदिएर के हेरेर बसेको ?’ आक्रोशित हुँदै उनले अघि बोले, ‘आफू पार्टीको नेता र मन्त्री हुँदा आफैँले मन्त्रिपरिषदबाट पारित गर्ने अनि अहिले किन विरोध गर्दैछन् ? विरोध गर्ने भए त्यसैबला मन्त्रीबाट राजीनामा दिएर बाहिर आउनुपर्दैनथ्यो ?’

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देउवाले एमसीसीका बारेमा जवाफ दिनैपर्ने अवस्था आएको बताए । एमसीसीको प्रक्रिया रावल मन्त्री भएको बखत नै अघि बढेपनि त्यतिबेला नबोलेर अहिले पूर्वमन्त्री एवं एमाले नेता रावल आफैँले यसको विरोध गरेकोप्रति उनले असन्तुष्टि जनाए ।

यस्तै, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा ल्याएको प्रस्तावलाई पनि आफूले पारित गरेको उनको भनाई छ ।