काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार काठमाडौंमा अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई निर्वाचनमा कसैको साहारा आवश्यक नपर्ने र एक्लैलै ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित हासिल गर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


त्यस्तै ओलीले कम्युनिष्ट नाम राख्दैमा बास्तविक कम्युनिष्ट हुन नसक्ने भन्दै बास्तविक कम्युनिष्ट हुन बिचारमा स्पष्ट हुनुपर्ने जिकिर गरे । उनले केही बुद्धिजिवीले कम्युनिस्टहरु नमिले समाप्त हुने भनेकोमा आपत्ति जनाउदै कम्युनिस्ट एकता बेकारको कुरा भएको तर्क गरे ।

ताजा जनादेशमा जाने कुरालाई प्रतिगमन भन्दै केही स्वार्थी तत्वहरु लागेको र उनीहरु अहिले पतन भएको ओलीको भनाई छ । एमाले अध्यक्ष ओलीले सत्तागठबन्धनलाई कम्युनिस्ट विरोधी शक्तिको संज्ञा दिँदै परमादेशी र जनादेशी शक्तिबीच लडाई भइरहेको धारणा राखे ।

उनले वर्तमान सरकारका कारण मुलुकको राष्ट्रियता नै खतरामा परेको भन्दै यसका परिवर्तन अपरिहार्य रहेको बताए । उनले हाल उपाध्यक्ष र उपमेयरको भूमिका रहेका महिलालाई अध्यक्ष वा मेयर बनाउन आफु सकारात्म रहेको तर यस बिषयमा अस्वस्थ अभियान नचलाउन सुझाव पनि दिए ।

ओलीले महिलाको समान अधिकार र सहभागीताको बिषयलाई एमालेले नै अघि बढाएको दाबी गरे । सवै तहमा महिलाको ३३ प्रतिशतको अवधारणा पनि महिला संघले नै ल्याएको उनको भनाई छ ।