उचित सैद्वान्तिक शिक्षासंगै व्यवहारिक रुपमा समेत पोख्त भएर आजीवन बिरामीको सेवामा समर्पित हुने पेशा होनर्स यस्तै, कुनै पनि बिरामी को अस्पताल अवधिभर उचित हेरचाह एवम् मनोबलले बिरामीलाई छिट्टै हिल (निको) हुन मद्दत गर्नु नर्सको अर्को विशेषता हो


ADVERTISEMENT


बिरामी चिकित्सकबीचको मध्यस्कर्ताको रुपमा रहने नर्सको भुमिका बिरामीको ज्यान जोगाउनका निम्ति अत्यन्त अहम् रहन्छ । अस्पताल ल्याएपछि बिरामीलाई पहिलो सेवा दिने फ्रन्टलाइनरको रुपमा समेत रहने नर्सले बिरामीलाई प्रदान गर्ने  प्राथमिक उपचारले मात्रै पनि धेरैको ज्यान बचाउन सकिन्छ यद्यपि कतिपय जटिल केशको अवस्थामा भने सामान्य नर्सको ज्ञानको दायरा मात्रै पर्याप्त रहदैँन । यसका लागि विशेष तालिमको आवश्यकता पर्दछ ।


ADVERTISEMENT

# # #


नेपालको सन्दर्भमा नर्सहरुका लागियस किसिमको सेवा गैरनाफामुलक संस्था सोसाइटी अफ इमर्जेन्सी नर्सेस इन नेपाल(सेन)ले प्रदान गर्दै आएको यसरी नर्सहरुको दक्षता तिखार्दै बिरामीलाई गुणस्तर स्वास्थ्य सेवा प्रदानका लागि प्रोत्साहन गर्ने सेन वास्तवमा कस्तो संस्था हो ? यसले नर्सहरुलाई कस्तो किसिमको सेवा प्रदान गर्छ ? , त्यसबाट बिरामीहरु कसरी लाभान्वित हुन्छन् ? यसै विषयको पेरिफेरिमा रहेर टिचिङ अस्पतालका विशिष्ट नर्सिङ प्रशासन एवम् सेनका अध्यक्ष धर्मलक्ष्मी श्रेष्ठसंग हिमालय पोष्टकर्मी सृजना मगरले गरेको कुराकानी :

सर्वप्रथम सेन कस्तो किसिमको संगठन हो ? बताइदिनुस् न !

सोसाइटी अफ इमर्जेन्सी नर्सेज अफ नेपाल(सेन)को संक्षिप्त प्रारुप नै सेन हो । एक जना चिकित्सक सहित सात जना बोर्ड सदस्य रहेको यस संगठनको मुख्य काम भनेको विशेषगरी जोखिम, आपतकालीन एवम् विपतमा बिरामीलाई गुणस्तर प्रि–हस्पिटल (अस्पताल पुग्नु अगावै) सेवामार्फत बिरामीहरुको ज्यान कसरी बचाउने ? ढिलो उपचारका कारण पर्ने जोखिमलाई कसरी न्यूनीकरण गर्ने ? भन्ने विषयमा आवश्यक ज्ञान तथा प्रशिक्षणहरु प्रदान गरी नर्सहरुको प्रोफेशनल ज्ञानको दायरालाई अझ बढी तिखार्न मद्दत गर्ने संस्था नै सेन हो ।

समग्रमा भन्नुपर्दा, सेनले कुनै पनि घटना घटेको/भएको स्थानदेखि अस्पताल नपुगुन्जेल र अस्पताल पुगेपछि पनि उक्त बिरामीको मोर्टालिटी(मृत्युदर) र मोर्बिलिटी(रुग्णता) को जोखिम न्यूनीकरणका लागि एउटा नर्सले कसरी आफ्नो निर्वाह गर्नुपर्छ ? भन्ने विशेष तालिमहरु प्रदान गर्छ । यसका लागि सेनले तालिमको प्याकेज समेत निर्माण गरेको छ ।

इमर्जेन्सी नर्सिङ तालिमअन्तर्गत केकस्ता प्रशिक्षणहरु समेटिएका छन् ?

‘इमर्जेन्सी केयरिङ नर्सिङ ट्रेनिङ’ प्रोफेशनल नर्सहरुका लागि कुनै पनि बिरामीको मेडिकल र प्रोम्प्ट इमर्जेन्सी केयरलाई केन्द्रित गरेर तयार गरिएको तालिमको प्याकेज हो । यसको मुख्य उद्देश्य भनेकै उचित समयको उपचारको अभावमा बिरामीमा देखापर्ने अपाङ्गतादेखि

तीन महिने उक्त तालिममा एउटा सामान्य समस्यादेखि जटिल मानिने केशहरुमा बिरामीको जीवन रक्षाको निम्ति नर्सले प्राथमिक उपचार स्वरुप बिरामीको के–कस्ता पक्षमा ध्यान दिनुपर्छ ? र, कस्तो किसिमको उपचार प्रदान गर्नुपर्छ? भन्नेजस्ता सामान्य सैद्धान्तिक ज्ञानदेखि र व्यवहारिक शिक्षाहरु समेटिएको हुन्छ ।

जस्तो : हृदयघातका बारेमा थाहा नपाएका व्यक्तिहरु अझैपनि ग्रामीण भेगमा प्रशस्त छन् । र, त्यस्तो अवस्थामा कसैलाई हृदयघातको समस्या देखिहालेको कस्तो औषधि प्रयोग गर्ने? भन्ने लगायतका कुराहरु कसरी व्यवासथापन गर्ने भन्नेजस्ता कुराहरु यस प्रशिक्षण अन्तर्गत समेटिएका हुन्छन् । जसमा पनि हामीले प्राटिकललाई अझ बढी केन्द्रित गरेका छौँ ।

यसबाहेक यस तालिम अन्तर्गत नर्सहरुमा नेतृत्वको क्षमतामा निखार ल्याउँदै आवश्यक फिल्डहरुमा अनुसन्धान समेत गर्नुपर्ने हुन्छ ।

इमर्जेन्सी नर्सिङ सेवाको आवश्यकता किन ?

कुनै पनि आकस्मिक घटनाका लागि बिरामीको जीवन बचाउको प्रमुख भुमिका भनेकै नर्सको हुन्छ । जहाँ नर्सले तत्काल आवश्यक उपचार दिएर बिरामीलाई बचाउनु पर्ने अवस्था सिर्जना भइदिन्छ । कुनै पनि ‘अनसिन’ घटनाको समय तथा स्थलदेखि अस्पतालमा पुर्‍याउनुअघिसम्म बिरामीको ज्यान बचाउनु नै इमर्जेन्सी नर्सिङ सेवाको प्रमुख विशेषता हो ।

जसबाट उचित गुणस्तरीय सेवाका कारण बिरामीको ज्यान त बच्न नै यससंगै समयै पाएको उचित उपचारका कारण बिरामीमा देखापर्न सक्ने अपङ्गता तथा विकलांगको सम्भावनालाई समेत यसले न्यून गराउँछ ।

यसको अर्काे प्रमुख विशेषता भनेको मुख्यतयाः नियन्त्रण र भविष्यवाणी नगरिएका ट्रमा(आपत्कालीन) र डिजास्टर(विपत्ति)को अवस्थालाई ह्यान्डल गर्दै बिरामीको जीवन रक्षा गर्नु हो । साथै नर्सिङको क्षमता अभिवृद्धि गर्दै अप्रेशनको तयारी गर्नका लागि समेत यस सेवाको अपरिहार्य रहेको देखिन्छ ।

यसबाट बिरामी कसरी लाभान्वित हुन्छन् ?

इमर्जेन्सी नर्सिङ सेवा भनेकै नर्सहरुमा भएको सैद्धान्तिकदेखि व्यवहारिक ज्ञानको दायरा बढाउनु हो । यसबाट प्राप्त गर्ने प्रत्येक प्रशिक्षणले बिरामीलाई उचित अस्पतालको पहुँच नभएको स्थान(प्रि हस्पिटल)देखि अस्पतालमा आइपुग्ने अवधि र पुगेपछि पनि ट्रयाज(बिरामीको अवस्थाअनुसार, रेड, एल्लो र ग्रीन हाउसमा राख्ने काम) गरी उनीहरुको ज्यान बचाउका निमित्त कसरी अहम् भुमिका निर्वाह गर्ने? भन्ने विषयसम्बन्धि नर्सको क्षमतालाई अझै निखार्न मद्दत गर्छ । र, यसकारण पनि एउटा नर्सले उचित ज्ञान हासिल गर्नु भनेकै ती नर्सले सेवा प्रदान गर्ने बिरामीलाई पनि फाइदा हुनु हो ।

यस्तै, यस तालिमका कारण कुनै पनि बिरामीले प्राथमिक उपचार स्वरुप पाएको हेरचाहका कारण यसले दुर्घटनाबाट हुने मृत्युको जोखिमलाई न्युन त, गराउँछ नै साथसाथै उचित समयमै पाएको उपचारका कारण दुर्घटना वा रोगले बिरामीमा निम्त्याउने आजीवन अपाङ्गता तथा विकलांगजस्ता जोखिमको समेत न्युनिकरण गर्छ । यस्तै, उचित समयमै दिइने गुणस्तर सेवाका कारण यसले बिरामीको पीडाको अवधि, अस्पतालको अवधिजस्ता समयको बचतसंगै आर्थिक बचतमा समेत महत्वपूर्ण भुमिका निर्वाह गर्दछ ।

सामान्य नर्सिङ सेवा इमर्जेन्सी नर्सिङ सेवाबीचको भिन्नता के ?

सामान्य नर्सिङ सेवा अन्तर्गत अस्पतालमा बिरामी आउँदा कसरी उनीहरुको शरीरको तापक्रम एवम् रक्तचाप मापनदेखि ड्रेसिङ गर्ने लगायतका ज्ञानहरु सामान्य रुपमा सिकाइन्छ । तर, इमर्जेन्सी नर्सिङ अन्तर्गत भने, भै परी आउने विपत्ति एवम् संकटलाई उचित रुपमा व्यवस्थापन गर्दै बिरामीलाई कसरी गुणस्तरीय सेवा प्रदान गर्ने ? भन्ने कुरालाई मुख्य केन्द्रित गर्दै प्रशिक्षण प्रदान गरिन्छ ।

नेपालमा सेनको अवधारणा कसरी भित्रियो ?

नेपालको सन्दर्भमा प्रायजसोः ग्रामीण भेगहरुमा सामान्य मानिने चोटपटक एवम् रोगकै कारण ज्यान गुमाउने व्यक्तिहरुको संख्या अझैपनि धेरै छ । सानो प्राथमिक उपचारबाटै जोखिम न्यूनीकरण गर्न सकिने केशहरु पनि समयमै उचित अभावकै कारण बिरामीको ज्यान जाँदासमेत हेरेर बस्नुपर्ने बाध्यता छ ।

धेरैजसो बाहिरबाट रिफर गरेर ल्याएका कतिपय केशहरुमा स–साना सामान्य मानिने पक्षहरुमा उचित विचार मात्रै नगरिँदा पनि त्यसले बिरामीको स्वास्थ्य अत्यन्तै प्रभाव पारिसकेको हुन्छ । अझ, कतिपय अवस्थामा त त्यस्ता बिरामीले ज्यानै समेत गुमाएको रेकर्ड पनि कयौँ छन् । तसर्थ, हामीले सामान्य नर्सिङ सेवालाई अझै प्रभावकारी बनाउनु पर्छ भन्ने उद्देश्यका साथ इमर्जेन्सी नसिङ सेवाको अवधारणा ल्यायौँ ।

यसरी लामो समयसम्म नर्सिङ पेशामा व्यतीत गरिरहँदा यहाँ(शिक्षण अस्पताल) का नर्सहरुलाई के महशुस भयो भने, हामीलाई पनि आवश्यक इमर्जेन्सी तालिम प्रदान गरिएको खण्डमा धेरै बिरामीको ज्यान बचाउन सक्षम हुछौँ । यद्यपि यसका लागि कसरी पहल गर्ने ? र, यसको नेतृत्व कसले लिने भन्ने कुराको निर्क्योल भने भइसकेको थिएन ।

तसर्थ, लामो समयदेखि यी कुराहरु मनभित्रै र आपसी संवादमा मात्रै सीमित रहिरह्यो । तर, वि.सं ०७२ सालको भुकम्पको समयमा जब विपतका कारण धेरै संख्यामा एकैचोटी इमर्जेन्सीमा आएका सबै बिरामीलाई चिकित्सकहरुले समयमै उपचार गर्न सकेनन् र अस्पताल ल्याउने क्रममै त्यसबेला धेरैले बाटैमा ज्यान पनि गुमाए । त्यो घटनामा हामीलाई के खड्क्यो भने, यदि व्यक्तिहरु घाइते भएकै स्थानमा तत्काल उपचार गर्न सकिन्थ्यो भने हामीहरुले धेरै जनाको ज्यान बचाउन सक्थ्यौँ ।

तसर्थ त्यसपश्चात् भने हामीले इमर्जेन्सी नर्सिङ सेवा अब बोलीमा मात्रै सिमित रहनु हुदैँन भन्ने ध्येयका साथ यसको स्थापनाका लागि लागिपर्‍यौँ । यसरी तत्काल घटना स्थलमै गर्न सकिने बिरामीको क्योर(उपचार)लाई केन्द्रित गर्दै अन्ततः हामीले वि.सं २०७५ को मंसिरमा टिचिङ अस्पतालको नर्स विभागले सेनको दर्ता गरायौँ । र, त्यसको ६ महिनापछि वि.सं २०७६ को जेष्ठमा यसको स्थापना भयो ।

यसपछिको प्रक्रिया कस्तो रह्यो ?

गुणस्तर सेवा भनेको तपाई हामीले सोचेकै भरमा सजिलै दिन सकिने सेवा होइन । यसका लागि विशेष ज्ञान तथा कलाको आवश्यकता हुन्छ । तसर्थ सेनको स्थापना पश्चात् अब यसलाई कसरी अगाडि बढाउने, कस्तो किसिमको प्रशिक्षण नर्स–बिरामी दुवैको निम्ति प्रभावकारी रहन्छ भन्ने विषय हाम्रो मुख्य चुनौती पनि बन्न पुग्यो । जुन सामान्य नर्सको ज्ञानले मात्रै पुग्दो थिएन । यसकारण हामी बाहिर अन्य देशले यस किसिमको सेवा कसरी प्रदान गर्दै आएको छ भन्नेसम्बन्धी आवश्यक विधि, विधान एव् नीति नियमको हासिलकै शिलशिलामा हाम्रो टोली सिंगापुर एवम् बैंकक पनि पुयौँ ।

उक्त भ्रमणबाट हामीले यी दुवै देशबाट आवश्यक ज्ञानका साथै एक किसिमको हेल्थी सहकार्य समेत पायौँ । त्यसैअनुरुप हामी बैंककको सिरेन्धन अस्पतालको सहकार्यमा नर्सिङ तालिमका विभिन्न प्याकेजहरु स्थापना गर्‍यौँ ।

यसका लागि सरकारको तर्फबाट कस्तो सहकार्य रहेको ?

इमर्जेन्सी नर्सिङ जुनसुकै स्थानमा तत्काल आवश्यक पर्नसक्ने ज्ञान पनि हो । यसले धेरैको जीवन बचाउन सकिन्छ भन्ने कुरामा कुनै दुइमत देखिदैँन । यसकारण पनि स्वास्थ्य मन्त्रालयले पनि यस तालिम सञ्चालनका लागि अनुमति दिइसकेको छ । यस्तै, यो तालिम लागु गर्नुपर्छ भन्नका लागि सरकार स्वयम्ले पनि पैरवी गरिरहेको छ । र, यसैक्रममा हामीले तालिम शुरु गर्दै गर्छाै भनेर सेनले विभिन्न् प्याकेजका साथ यसको तालिम सुचारु गरिसकेको छ ।

यसअन्तर्गत् कस्ता कस्ता प्याकेजहरु रहेका छन् ?

टिचिङ अस्पतालको इन सर्भिसमा हामीले ५ वटा तालिमहरुको प्याकेज स्थापना गरेका छौँ । जसमध्ये अप्रेशन थ्रिएटर, टेक्निक म्यानेजमेन्ट, इमर्जेन्सी नर्सिङ तथा इमर्जेन्सी नर्सिङ तालिम गरेर हाल ३ वटा सञ्चालन भइरहेका छन् । यस्तै, क्रिटिकल केयर जतिकै इमर्जेन्सी नर्सिङ तालिम पनि अत्यावश्यक भएको यथार्थलाई मध्यनजर गर्दै हामीले आगामी दिनमा यस तालिम नेपाल स्वास्थ्य तालिम केन्द्र (एनएचटिसी) मार्फत सहकार्य गर्ने भन्ने योजना गरेका छौँ ।

हालसम्म सेनले कतिजनालाई यस सुविधा प्रदान गरेको ?

अहिलेसम्म सेनले दुई ब्याचमार्फत २६ जना नर्सहरुलाई यस तालिम प्रदान गरेको छ । यसको शुरुआती सर्वप्रथम हामीले टिचिङ अस्पतालकै नर्सहरुलाई प्रदान गर्‍यौँ । जसमा इमर्जेन्सी डिपार्ट बाहेकका अन्य विभागका समेत सिनियर १३ जना नर्सहरु संलग्न हुनुहुन्थ्यो । र, त्यसपश्चात्को दोस्रो ब्याचका जनरल र प्राइभेट दुवै अस्पतालका नर्सहरुलाई समेटेका थियौँ ।

यद्यपि यस दुई ब्याचपछि हामीले अझ यस तालिमलाई परिस्कृत गर्नुपर्छ भन्ने आवश्यकतालाई मध्यनजर गर्दै अस्ति भर्खरै निजी तथा सरकार अस्पतालका नर्सहरुको सभा गठन गरी वर्कसप मार्फत यसको प्याकेजमा थ्यौरी एवम् क्लिनिकल समयावधि समेत बढाएका छौँ ।

यसको आवश्यकता मध्यनजर गर्दै अहिलेलाई निजी अस्पतालले समेत यसको तालिम सुचारु गर्ने योजना गरेको छ । जसमा निजी क्षेत्रबाट यस तालिमका लागि पहल गर्ने ह्याम्स अस्पताल पहिलो अस्पताल बन्न पुगेको छ ।

ह्याम्सले सञ्चालन गर्न लागेको यस तालिममा सेनको भुमिका कस्तो रहन्छ ?

निजी क्षेत्रका अस्पतालले पनि यसको आवश्यकता महशुस गर्नु भनेको सेन स्थापनाको औचित्य बढ्नु पनि हो । तसर्थ हामीले यसका लागि खुशीसंगै थप जिम्मेवारीको बोध पनि गरेका छौ । तसर्थ यसका लागि सेनको मद्दत पुर्ण रुपमा पाउने त छ यसमा तालिमको प्याकेज सेनकै हुनेछ भने, प्रशिक्षकहरु सेन र ह्याम्स दुवै संस्थाका रहनेछन् ।

यसका साथै नर्सहरुको मात्रै तालिम लिएर मात्रै नपुग्ने भएकोले केहि चिकित्सकहरुको पनि उपस्थित रहन्छ । यसका लागि डाक्टर एवम् क्लिनिकल क्षेत्रको छनोट उहाँहरु आफैँले गर्नुहुन्छ ।

अन्त्यमा थप के पनि थप्न चाहान्छु भने , नर्स भनेको बिरामीलाई उचित केयर गर्ने फ्रन्टलाइन पनि हो । त्यसैले जुनसुकै अस्पताल, स्वास्थ्य संस्था एवम् केन्द्र सुचारु गरेपनि इमर्जेन्सी नर्सिङ तालिमको मुख्य विशेषता भनेकै नर्सहरुलाई आपत्कालीन अवस्था व्यवस्थापनसम्बन्धी उचित ज्ञान दिदैँ उनीहरुलाई दक्ष बनाई बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्नु हो ।

https://www.facebook.com/HimalayaPostNepal/videos/379857563909275