काठमाडौँ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग भेटघाट गरेका छन् ।


ADVERTISEMENT


भेटका क्रममा युवा नेता महरले विज्ञान प्रविधिका लागि काङ्ग्रेस पार्टी र सरकारले अवलम्बन गर्नु पर्ने नीतिकाबारेमा छलफल गरे । सो अवसरमा अनुसन्धान केन्द्रका अध्यक्ष पुनले तिनै तहका सरकारले पूँजीगत बजेटको १ प्रतिशत आविस्कार,अनुसन्धान र प्रविधिका क्षेत्रमा विनियोजन गर्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #


जवाफमा नेता महरले स्थानीय निर्वाचनका लागि काँग्रेसको घोषणापत्र निर्माण गर्दा आविष्कार अनुसन्धानको विकासमा १ प्रतिशत बजेट विनियोजन गर्न पार्टीमा प्रस्ताव पेस गर्ने बताए ।

साथै जनसम्पर्क समिति अमेरिकाका अभियन्ता ओम कोइरालाले आविष्कार केन्द्रको विकासका लागि सहयोग गरिरहने प्रतिवद्धता जनाए ।