काठमाडौँ – निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका लागि आचारसंहिता ल्याएको छ । आयोगले तोकेको मितिदेखि लागू हुनेगरी आयोगले आचारसंहिता ल्याएको हो ।


ADVERTISEMENT


जस अनुसार निर्वाचनमा उम्मेदवार बन्न चाहने स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भएको छ । राजपत्रमा प्रकाशित निर्वाचन आचार संहितको दफा ३६ मा भनिएको छ, ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेका निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन गर्नुअघि नै वहाल रहेको पदबाट राजीनामा दिनुपर्नेछ ।’


ADVERTISEMENT

# # #


आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले संविधान र कानुन अनुसार नै उक्त व्यवस्था गरिएको बताए । उनल स्थानीय तहका जनप्रतिनिधिले राजीनामा गर्दा स्थानीय तह खाली नहुने जानकारी दिए ।

उनले भने, ‘स्थानीय सरकार सञ्चालन ऐनले त्यसको व्यवस्था गरेको छ, अध्यक्ष नहुँदा को हुने, उपाध्यक्ष नहुँदा को हुने भन्ने कुरा व्यवस्था छ । त्यसकारण खाली हुँदैन ।’ त्यस्तै उम्मेद्वार बन्न चाहने जनप्रतिनिधिको बेरुजु लगाएत फछ्यौट हुनुपर्ने उनले बताए । स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिएमा सो स्थानमा अन्यले जिम्मेवारी सम्हाल्ने व्यवस्था गरिएको पनि पौडेलले बताए ।

त्यस्तै आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलका उम्मेद्वारलाई सोही दलको निर्वाचन चिन्ह दिन उपयुक्त निर्णय गर्ने सम्बन्धमा राष्ट्रिय मान्यता प्राप्तबाहेकका ७३ दललाई जिल्ला स्तरको संगठन संरचनाको बिबरण चैत्र ६ गतेभित्र पेश गर्न पनि पत्रचार गरेको छ ।

आगामी निर्वाचनका लागि काममा खटिने जनशक्तिको प्रतिव्यक्ति २० लाख रुपैयाको सामूहिक दुर्घटना बीमा गर्न बीमा संस्थानसंग सम्झौता गरिएको समेत प्रवक्ता पौडेलले बताए ।

त्यस्तै स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतदाता नामावली, मतदाता परिचयपत्र लगाएतका निर्वाचन सामाग्रीहरु छपाइका लागि ६ वटा प्याकेजमा इबिडिङका माध्यमबाट खरिद गर्न बोलपत्रको सूचना प्रकाशन भएको आयोगले जनाएको छ ।

यस्तो छ निर्वाचन आचारसंहिता :