चौतारा – आज भइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सिन्धुपाल्चोकमा बिहान ११ बजेसम्म ४० प्रतिशत मत खसेको छ ।


ADVERTISEMENT


पाँच पोखरी थाङ्पाल गाउँपालिकको लागर्चेको दुई मतदान केन्द्रमा मौन अवधिमा आचारसंहिता उलंघन भएको विषयमा दलबीचको विवादले समयमा मतदान हुन नसकेकामा दलहरुको सहमतिपछि बिहान ११:२० मा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश दिपक खनालले बताए ।


ADVERTISEMENT

# # #


बिहान सुरु भएका कतिपय मतदान केन्द्रहरुमा ५० प्रतिशत मतदान भएको र उत्साहपूर्वक मतदान भइरेहेको बताइएको छ । जिल्लाको हान्ति सुरक्षा मजबुद रहेको र ल्लेख्य रुपमा मतदाताको सहभागिता रहेको प्रजिअ आश्मान तामाङले जानकारी दिए ।