मङ्गलबारे– इलामको रोङ गाउँपालिकाले आफ्नै खर्चमा वडा नं २ मा दुई पक्की पुल निर्माण गरेको छ । उक्त वडाको को बर्फल्याङ र बदमटारमा रहेका दुईवटा खोलामा पुल निर्माण गरिएको हो ।


ADVERTISEMENT


वर्षायाममा खहरेखोलाका कारण समस्या भोग्नुपरेका स्थानीयवासीले पुल निर्माण भएपछि खुसी व्यक्त गरेका छन् । पुल बनेपछि बर्फल्याङ र बदमटारवासीलाई आवतजावत गर्न सहज भएको स्थानीयवासी वीरेन्द्र फुयाँलले बताए ।


ADVERTISEMENT

# # #


सोही वडाको सानो नेते र दुधेखोलामा पनि गत वर्ष पक्की पुल निर्माण गरिएको थियो । गाउँपालिकाको लगानीमा पक्की पुल निर्माण भएपछि स्थानीयवासी र विद्यालय जाने विद्यार्थीलाई वर्षायाममा समेत आवतजावतमा मद्दत पुगेको छ ।

वर्षाैदेखि स्थानीयवासीको समस्या समाधान गर्न आफूहरु लागिपर्दै आएकामा बल्ल सफल भइएको गाउँपालिकाका अध्यक्ष शम्शेर राईले बताए । पहिलादेखिकै समस्या भए पनि जनप्रतिनिधि आएपछि मात्र सो काम पूरा गर्न सफल भएको उनको भनाइ छ । रासस