काठमाडौं – नेपालले त्रिवि क्रिकेट मैदानमा आजदेखि अन्तर्राष्ट्रिय सिरिज खेल्दै छ । त्यसका लागि पपुवा न्युगिनीको टोली काठमाडौं आइसकेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान साढे ९ बजेदेखि एक दिवसीय क्रिकेट प्रतियोगिता सुरु हुने छ ।


ADVERTISEMENT


नेपालले हालै युएईमा भएको आईसीसी विश्वकप लिग टू अन्तर्गत एक दिवसीय सिरिजमा पपुवा न्युगिनीलाई दुवै खेलमा पराजित गरेको थियो । सोही नतिजा निकाल्ने लक्ष्यका साथ घरेलु मैदानमा नेपाल उत्रने छ ।


ADVERTISEMENT

# # #


नेपाली टिममा यो सिरिजमा नयाँ खेलाडीले मौका पाउँदैछन् । कप्तान सन्दीप लामिछाने र मुख्य प्रशिक्षक पुबुदु दसानायकेले युवा खेलाडीहरुलाई मौका दिने बताइसकेका छन् । दोस्रो एक दिवसीय क्रिकेट भने शनिबार हुने छ । त्यसपछि मलेसियाको टिम पनि नेपाल आउँदा १४ गतेदेखि त्रिकोणात्मक टी २० सिरिज हुने छ ।