हुम्ला– हुम्लाका हिमाली जिल्लाका ५२ वटा मतदान केन्द्र मध्ये ३६ मतदान केन्द्रका मतपेटिका आज बिहान हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएका छन्।


ADVERTISEMENT


सदरमुकाम आसपासका खापुनार्थ गाँऊपालिका, सिमकोट गाँऊपाकिा, नाम्खाका केही मतदान केन्द्रबाट आइतबार नै मतपेटिका सदरमुकाम ल्याएका थिए।


ADVERTISEMENT

# # #


बाँकी रहेका नाम्खा गाँऊपालिका लिमी हल्जी, जाँङ,तिला,चाला, अदानचुली गाँऊपालिका, श्रीनगर, कलकेलगायतका मतदान केन्द्रबाट पनि मतपेटिका सदरमुकाम ल्याइएको छ ।

विकट र सदरमुकामदेखि टाढाको दुरीमा पर्ने चंखेली गाउँपालिकाका सम्पूर्ण मतदान केन्द्रका र सर्केगाँड गाँऊपालिका सम्पूर्ण मतदान केन्द्रका सबै मेतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट सोमबार बिहान सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृत मेदिनी प्रसाद पौडेलले बताए ।