काठमाण्डौं-आसन्न निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं. ५ मा नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल र नेपाली काँग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री डा.प्रकाशशरण महतबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।


ADVERTISEMENT


यस क्षेत्रमा विभिन्न दल र तीन स्वतन्त्र गरी प्रतिनिधिसभा सदस्यका लागि कुल २० जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवार काँग्रेस नेता डा. महतलाई लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरूको समर्थन छ भने एमाले महासचिव पोखरेल वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन ।


ADVERTISEMENT

# # #


दुवै उम्मेदवारले यस क्षेत्रका विकासनिर्माणका मुद्दालाई प्राथमिकतामा राखेर चुनाव प्रचार र घरदैलो अभियानलाई तीव्रता दिनाका साथै मतदातालाई आकर्षित गरिरहेका छन् । पोखरेल यस क्षेत्रबाट तेस्रोपटक उम्मेदवार भएका हुन भने महत यस क्षेत्रमा पहिलोपटक निर्वाचनमा भिड्दै छन् ।

महासचिव पोखरेल यसअघि २०६४ र २०७० सालका दुवै संविधानसभाको निर्वाचनमा काँग्रेस नेता नरहरि आचार्यसँग पराजित भएका थिए । यस क्षेत्रमा अन्य उम्मेदवार पनि चुनावी प्रचारप्रसारमा व्यस्त रहे पनि बढी चर्चा भने महत र पोखरेलको नै छ ।
प्रतिनिधिसभा सदस्यका लागि यस क्षेत्रमा उम्मेदवारी दिनुभएका अन्य उम्मेदवारहरू विवेकशील साझा पार्टीका उज्ज्वलबहादुर थापा, नेकपा (माले)का दीपक पुनमगर, सङ्घीय समाजवादी फोरमका लक्ष्मी राई, राष्ट्रिय जनता पार्टी नेपालका भानुकुमार खड्कालगायत २० जना चुनावी मैदानमा रहेका छन्  ।

नेता डा. महतले यस क्षेत्रमा अवस्थित बूढानीलकण्ठमा अवस्थित पौराणिक, ऐतिहासिक र धार्मिकस्थलको बृहत्तर र सुव्यवस्थित विकास तथा रानीवन क्षेत्रलाई संरक्षण गरी व्यवस्थित नमुना पार्क निर्माण गरी समुदायको हितमा प्रयोगमा ल्याउने योजना अघि सारेका छन् ।