काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले मंगलबार उद्घाटन गरेको चोभार सुक्खा बन्दरगाहको शिलान्यास गर्न कांग्रेसले तीन पटक रोक्ने प्रयास गरेको बताएका छन् ।


ADVERTISEMENT


बुधबार भक्तपुरको सिपाडोलमा विनासकारी भूकम्पबाट क्षति भइ पुननिर्माण गरिएको श्री शान्ति निकेतन माध्यामिक विद्यालयको उद्घाटन गर्दै अध्यक्ष ओलीले कांग्रेसले निर्माण गर्न अवरोध गरेको उक्त बन्दगाह एमालेको सरकारले नै निर्माण सम्पन्न गरेको र अहिले प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले पटक पटक अवरोधपछि एमाले सरकारले बनाएको बन्दरगाह अहिले सञ्चालनमा आउनु सुखद रहेको धारणा राखे । एमाले सरकारले बिकासका निकै काम गरेको र फेरी पाँच वर्ष सरकारमा बसेपछि शिलान्यास र उद्घाटनको कामले तीव्रता लिने उनले बताए ।

वर्तमान सत्तागठबन्धनलाई कुहिएको गठबन्धनको संज्ञा दिदै उनले कुहिएको गठबन्धन झरेपछि फेरी मुलुकको बिकासको बाटोमा अघि बढ्ने समेत बताए । ओलीले परमादेशपछि बनेको वर्तमान सरकारका कारण मुलुकको विकासको काम नै अवरुद्ध भएको जिकिर गरे ।

अध्यक्ष ओलीले शिक्षा क्षेत्रको विकासका लागि यसअघिको एमाले सरकारले ल्याएका कार्यक्रमलाई एमाले सरकारमा गएपछि प्राथमिकताका साथ निरन्तरता दिने उल्लेख गरे । कार्यक्रममा विद्यालय पुननिर्माणमा सहयोग गर्नेलाई सम्मान गरिएको थियो ।