काठमाडौँ – नेपालले भारतीय विद्युत ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३ सय ६४ मेगावाट विद्युत विक्रिको अनुमति पाएको छ ।


ADVERTISEMENT


भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई भारतीय द्यिद्युत बजारमा थप ३ सय ६४ मेगावाट विद्युत विक्रि गर्न स्वीकृत दिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री पम्फा भुसालले यसबाट वर्षायाममा उत्पादित विद्युत मुलुकभित्र खपत गरी अतिरिक्त विद्युतको निर्यात दुई देशबीचको व्यापार घाटामा कमी आउने विश्वास व्यक्त गरिन् । “हामीलाई ठूलो बजारको खाँचो थियो, यसबाट थप बजारको विस्तार भएको छ”, उनले भनिन् ।

छिट्टै प्रक्रिया पुर्याएर विद्युत व्यापारका लागि अनुमति प्रदान गर्ने तयारी अन्तिम चरणमा पुगेको ऊर्जामन्त्री भुसालले बताइन् । यससंगै मुलुकमा विद्युत उत्पादनको ढोका खोल्ने विश्वास व्यक्त गरिन् ।

पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले कुनै पनि उद्योगमा लोडसेडिङ नभएको बताए । केही दिनअघि विद्युत्को व्यवस्थापनमा असहज अवस्था आउँदा एकरदुई दिन थोरै समय लाइन काटिने अवस्था आएको भए पनि अहिले उक्त समस्या समाधान भइसकेको उनले जानकारी दिए ।

“अहिले कुनै उद्योगलाई लोडसेडिङ छैन, अपर्झट आएको समस्या हो, त्यो एक–दुई दिनमा समाधान भयो”, उनले भने । विद्युत्को खपत बढाउन उद्योगको थप ६०० मेगावाट डिमान्ड स्वीकृति गरिएको उनले बताए ।

उहाले नेपालमा उत्पादन भएको बिद्युतको आन्तरिक खपतपछि बढि भएका विद्युत नै विक्रि वितरण गरिने बताए ।