काठमाडौं – आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । बैठक अपराह्न ४बजे प्रधानमन्नत्री निवास बालुवाटारमा बस्ने एक मन्त्रीले बताए ।


ADVERTISEMENT


आजको बैठक बैशाख ३० गते हुने स्थानीय निर्वाचनको विषयमा केन्द्रित रहने बताइएको छ । निर्वाचन आयोगले शुक्रबारदेखि आचारसंहिता लगाउने तयारी गरेकाले आजको बैठकले विभिन्न निर्णय तथा नियुक्ति गर्न सक्ने सम्भावना छ ।


ADVERTISEMENT

# # #


स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा कम्तिमा ३५ दिन अघिबाट निर्वाचन आचारसंहिता लागू गर्ने गरिन्छ । निर्वाचन आचारसंहिता तयार भएपनि आयोगले उक्त संहिता लागू हुने मिति अझै तोकेको छैन ।

आचारसंहिता जारी भएपछि सरकारले नियुक्ति, सरुवा, बढुवा लगायतका काम गर्न पाउँदैन ।