काठमाडौँ – सत्तारुढ पाँच दलीय गठबन्धनका पाँच नेताले आगामी स्थानीय तह निर्वाचनका लागि देशभर चुनावी तालमेल गर्न अपिल गरेका छन् ।


ADVERTISEMENT


सोमबार एक विज्ञप्ती जारी गर्दै नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका वरिष्ट नेता अशोक कुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले उक्त अपिल जारी गरेका हुन् ।


ADVERTISEMENT

# # #


आगामी निर्वाचनमा तालमेल गरेर अघि बढ्ने घोषणा गर्दै उनीहरुले लोकतन्त्रलाई मजबुत बनाउन एकअर्कालाई सहयोग गर्ने प्रतिवद्धता जारी गरेका हुन् । निर्वाचनमा अवस्था र ठाउँ हेरेर तालमेलसहित सहकार्य गर्ने उनीहरुद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका सम्पूर्ण साथीहरुलाई आह्वान गर्दछौँ ।’

विज्ञप्तीमा देश र लोकतन्त्रलाई जोगाउन पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्दै राष्ट्रको स्वाधिनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीयबासीहरुको कठिनाई हटाउँदै तिनका आवश्यक्ता परिपूर्ति गर्नका लागि आगामी स्थानीय तह निर्वाचनमा पनि तालमेल गरेर अघि बढने घोषणा गरिएको छ ।