काठमाडौँ – सभामुख अग्नी सापकोटाले निर्वाचनको वातावरण बनाउनका लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


राष्ट्रिय सूचना आयोगले सोमबार ललितपुरमा आयोजना गरेको निर्वाचनको प्रक्रियामा सही सूचना प्रवाह विषयक अन्तरक्रिया कार्यक्रममा सभामुख सापकोटाले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मुलुककै महान उत्सव भएको भन्दै स्वच्छ र निष्पक्ष निर्वाचनको वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


निर्वाचनको वातावरण छैन भनेर निराश हुने ठाँउ नरहेको भन्दै उनले निर्वाचन सम्पन्न गर्न ३३ दिन प्रयाप्त हुने धारणा राखे । उनले निर्वाचनलाई सफल पार्न निष्टा र इमान्दारीपूर्वक लाग्नुपर्ने धारणा राखे । संविधानलाई माथि उठाउने र निर्वाचनमा सहभागीता जनाउने विषयमा राजनीतिक दलहरु पनि गम्भीर हुनुपर्ने उनको भनाई छ ।

सभामुख सापकोटाले राजनीतिक दलहरु पारदर्शी र जवाफदेशी ढंगले जानुपर्नेमा जोड दिए ।