दाङ– दाङको व्यस्त बजार तुलसीपुरमा शक्तिशाली बम विस्फोट भएको छ । बम विस्फोटबाट आठ जना घाइते भएका छन् ।


ADVERTISEMENT


घाइतेमध्ये चार जनाको अवस्था गम्भिर रहेको छ । प्रहरी घटनास्थलतर्फ जादै गरेकाले विस्तृत विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख एसपी पुजा सिंहले बताइन् ।


ADVERTISEMENT

# # #


इलाका प्रहरी तुलसीपरले तुलसीपुर उपमहानगरपालिका ५ मा २ जनाले विस्फोटक पदार्थ फालेर भागेको जनाएको छ ।

घाइतेमध्ये चारजना पुरुष र चार जना महिला रहेका छन् । चार पुरुषमध्ये एकजना म्यादी प्रहरी रहेको जनाएको छ । घाइते दुईजनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको र थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।