फिलिपिन्स – फिलिपिन्समा बाढी पहिरोका कारण ५० जनाभन्दा बढीको मृत्‍यु भएको छ । मेघी आँधीका कारण आएको बाढी पहिरोमा हालसम्म ५३ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।


ADVERTISEMENT


आइतवार सुरु भएको आँधीबाट प्रभावित क्षेत्रमा अहिले उद्धारकार्य जारी छ । मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । आँधीका कारण बेबे शहर धेरै प्रभावित भएको छ । यस्तै, डाभाओ, मिनडानो लगायतका क्षेत्रमा पनि आँधीको प्रभाव परेको छ। यी क्षेत्रहरुका करिब ८० प्रतिशत घरहमा क्षति पुगेको छ ।


ADVERTISEMENT

# # #