काठमाण्डौं-इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा उपाधिको दौडमा रहेको टोटनह्याम लेस्टर सिटीसँग पराजित भएको छ ।


ADVERTISEMENT


लेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा टोटनह्याम २–१ ले पराजित भएको हो । लेस्टरलाई जिताउन जेमी भर्डी र रियाद महरेजले गोल गरेका थिए । टोटनह्यामका लागि ह्यारी केनले गोल फर्काए पनि त्यसले हार जोगाउन सकेन ।


ADVERTISEMENT

# # #


खेलको १३ औं मिनेटमा भर्डीले गोल गर्दै लेस्टरलाई सुरुवाति अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा महरेजले गोल गरेपछि लेस्टरले पहिलो हाफमै २–० को अग्रता लियो ।

टोटनह्यामका लागि खेलको ७९ औं मिनेटमा केनले गोल गरेका थिए । यद्यपी उनको गोलले घरेलु टोलीलाई रोक्न सकेन। टोटनह्यामले गोल गर्ने केही राम्रा मौका गुमाएको थियो । गएरातिको हारपछि पाँचौँ स्थानको टोटनह्यामको १४ खेलबाट २४ अंक छ। १४ औं स्थानको लेस्टर सिटीको १७ अंक भएको छ ।