काठमाण्डौं-एक वर्षमा महिलामाथि भएका हिंसाका घटनामध्ये झण्डै ७० प्रतिशत घरेलु हिंसा रहेको तथ्य सार्वजनिक भएको छ ।


ADVERTISEMENT


महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालले सन् २०१६ जुलाईदेखि सन् २०१७ जुनसम्म देशभरबाट महिलामाथि हुने हिंसाका घटनाको अभिलेख राखी निकालेको वर्ष पुस्तक ‘अन्वेषी’मा यस्तो तथ्य उल्लेख गरिएको छ ।


ADVERTISEMENT

# # #


अध्ययनअनुसार त्यस अवधिमा महिलामाथि एक हजार १५० हिंसाका घटना भएका छन् ।  पुस्तकमा महिलामाथि भएका हिंसाका घटनामध्ये झण्डै ७० प्रतिशत महिलामाथि घरेलु हिंसाका घटना भएको उल्लेख छ ।

यसैगरी १७ प्रतिशत महिला सामाजिक हिंसा, छ प्रतिशत महिला बलात्कृत, एक प्रतिशत महिलामाथि बलात्कारको प्रयास, चार प्रतिशत महिलामाथि यौनिक हिंसा भएको उल्लेख छ ।

ओरेकले सन् २००८ देखि नै देशभरबाट महिलामाथि हुने हिंसाका घटनाको अभिलेखीकरण गरी महिला हिंसाविरुद्धको वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ ।