काठमाडौं – पाकिस्तानको हवाई हमलामा परी अफगानिस्तानको पूर्वी भागमा कम्तीमा ४७ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अफगानिस्तानको खोश्त र कुनार प्रान्तमा आक्रमण भएको हो ।


ADVERTISEMENT


खोश्तका एक शीर्ष अधिकारी शाबिर अहमद उस्मानीले पाकिस्तानी हवाई हमलामा ४१ जना सर्वसाधारणको मृत्यु भएको र २२ जना घाइते भएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । खोस्तका अन्य दुई अधिकारीले पनि मृत्यु भएको पुष्टि गरेका छन् । मन्त्रालयका अनुसार विगत केही महिनादेखि पाकिस्तानले तालिवान सरकारलाई पाकिस्तान-अफगान सीमा क्षेत्र सुरक्षित गर्न बारम्बार आग्रह गरेको छ।

यसअघि अफगानिस्तानमा तालिवानको रक्षा मन्त्रालयले पाकिस्तानी सेनाले शनिबार बिहान अफगानिस्तानको कुनार र खोस्ट प्रान्तका केही भागमा गोली प्रहार गरेको र ठूलो क्षति पुगेको आरोप लगाएको थियो।

पाकिस्तानी विदेश मन्त्रालयको एक विज्ञप्ति अनुसार प्रतिबन्धित तहरीक-ए-तालिबान पाकिस्तान (टिटिपी) लगायत चरमपन्थी समूहहरूले पाकिस्तानी सीमामा रहेको सुरक्षा चौकीमा आक्रमण गर्दै आएका छन् र यी आक्रमणहरूमा धेरै पाकिस्तानी सैनिकको मृत्यु भइसकेको छ।