काठमाडौं – स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोगको ‘कल सेन्टर’मा जिज्ञासाको चाप बढेको छ ।


ADVERTISEMENT


आयोगले स्थानीय तह निर्वाचन सम्बन्धमा सर्वसाधारणलाई लागेको जिज्ञासाको जवाफ दिन र आचारसंहिता उल्लङ्घनका घटनाबारे गुनासो गर्न चैत १५ देखि ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको थियो ।


ADVERTISEMENT

# # #


आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दैनिक तीन सयभन्दा बढी फोन आएको बताए । सर्वसाधारणले आयोगको कल सेन्टरमा मतदाता नामावलीमा नाम समावेश, मतदाता परिचयपत्रको प्रतिलिपि कसरी र कहिले पाउने, आचारसंहिता उल्लङ्घनका घटनाबारे सोधपुछ गरेको आयोगले जनाएको छ । गोरखापत्र दैनिकबाट ।