काठमाडौं – सशस्त्र प्रहरी बलको रिक्त एआईजीमा राजु अर्याललाई सिफारिस गरिएको छ । उनी डीआईजीको वरियतामा एक नम्बरमा थिए।


ADVERTISEMENT


कसैले उजुरी नगरे एक सातापछि अर्याललाई सरकारले एआईजीमा बढुवा गर्ने छ । अर्याल बढुवा भए आगामी वैशाख १९ गतेदेखि उनले सशस्त्र प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।


ADVERTISEMENT

# # #


यसअघि रिक्त दरबन्दीमा ४ जना डीआईजीले आवेदन दिएका थिए । पुष्पराम केसीलाई आईजिपीमा बढुवा गरेपछि एआईजीको एउटा दरबन्दी खाली भएको थियो ।

सशस्त्र प्रहरीमा एआईजीमध्येबाट आईजिपी बनाउनुपर्ने व्यवस्था रहेको छ । अर्यालले २०५४ चैतमा नेपाल प्रहरीबाट सेवा सुरु गरेका हुन् ।

२०५८ सालमा सशस्त्र प्रहरी स्थापना भएपछि एक दर्जा बढुवा भएर उनि त्यता गएका थिए । अर्याल एआईजीमा बढुवा भए उनले आईजिपीको ४ वर्षे कार्यकाल पुरा सम्हाल्नेछन् ।