सुनसरी – नेपाल प्रेस युनियन सुनसरीले गोविन्द–खेमकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार र सिर्जनशील युवा पत्रकारिता पुरस्कार दिन अक्षय कोष स्थापना गरेको छ ।


ADVERTISEMENT


एक लाख एक हजार रुपैयाँको गोविन्द–खेमकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार र ५१ हजार रुपैयाँ सिर्जनशील युवा पत्रकारिता पुरस्कारका लागि सम्झौता


ADVERTISEMENT

# # #


इटहरीका समाजसेवी शिवप्रसाद घिमिरेले आफ्ना आमाबुबाको नाममा राखेको अक्षय कोषबाट हरेक वर्ष नयाँपुस्ता र अग्रज दुई पत्रकारलाई पुरस्कार दिने प्रेस युनियनले जनाएको छ । राष्ट्रिय पत्रकारिता पुरस्कारको राशि एक लाख एक हजार रहेको छ भने सिर्जनशील युवा पत्रकारिता पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ ।

पत्रकारिता पुरस्कार घोषणाअघि इटहरीमा प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी र शिवप्रसाद घिमिरेका छोरा सुबोध घिमिरेबीच सम्झौता भएको छ । घिमिरेले आफूहरूले व्यवसायसँगै सामाजिक काम पनि गर्नुपर्छ भन्ने उद्देश्यले पुरस्कारका लागि प्रेस युनियन सुनसरीसँग सहकार्य गरेर अक्षय कोष स्थापना गरेको बताए । उनले भने, ‘पत्रकारिता क्षेत्र समाजको महत्वपूर्ण अंगको रूपमा मानिन्छ । सो क्षेत्रमा निरन्तर लाग्नेहरूलाई पुरस्कार प्रदान गर्ने उद्देश्यले यो अक्षय कोषका लागि हामीले सम्झौता गरेका हौं ।’

युनियन सुनसरी अध्यक्ष अधिकारीले निरन्तर सक्रियरूपमा कलम चलाइरहेका पत्रकारहरूलाई पुरस्कार प्रदान गर्न जिल्लास्तरीय ५१ हजार र राष्ट्रियस्तरको एक लाख एक हजार रुपैयाँको पुरस्कारका लागि सम्झौता भएको बताए ।