काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बेलुकासम्म सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय निर्वाचनका लागि महानगर र उपमहानगरको तालमेलको टुंगो लगाउने बताएका छन् ।


ADVERTISEMENT


सोमबार पत्रकार सम्मेलन गर्दै प्रचण्डले गठबन्धन महानगरको तालमेलबारे टुंगो नजिक पुगेको र उपमहानगरबारे पनि आजै टुंगो लगाउने बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘म तपाईंहरुलाई जानकारी गराउन चाहन्छु, आज बेलुकासम्म ६ वटै महानगरपालिका र ११ वटै उपमहानगरपालिकामा गठबन्धनको बीचमा समझदारी बनाउने हामी प्रयासमा छौँ । र झण्डैझण्डै महानगर टुंगिनेको नजिक पुगेपछि म यहाँ पत्रकार सम्मेलन भएको हुनाले उठेर आएको छु ।’

उनले ६ वटामध्ये ३ वटा महानगरपालिका काँग्रेसले लिने र बाँकी रहेका ३ वटा महानगरपालिका माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले १–१ वटा लिँदा न्यापूर्ण हुने र निर्वाचन जितिने भएकाले यही कुरामा सहमति नजिक पुगेको जानकारी दिए ।

यस्तै प्रचण्डले नगरपालिका र गाउँपालिकाको तालमेलका लागि अधिकार प्रत्यायोजना गरेर तल्लो संयन्त्रलाई दिएको र त्यसको रिपोर्टलाई केन्द्रीकृत गरेर टुंगोमा पुगिने उनले बताए ।

यस्तै उनले यही ३० गते तोकिएको स्थानीय निर्वाचन कुनैपनि हालतमा नसर्ने बताए । उनले भने, ‘सकारको र सकारमा भएका कुनै पनि पार्टीको निर्वाचन सार्ने कुनै मनशाय छैन । उनले भने, ‘गठबन्धन दृढताका साथ निर्वाचनको अन्तिम तयारीमा होमिसकेको छ ।’