काठमाडौँ– नेपालमा सोमबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको ३ हजार ६ सय पिसिआर परिक्षणका क्रममा ९ जना र १ हजार ९१ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT

# # #


सोमबार पनि कोरोनाका कारण मृत्यु हुने संख्या शुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ३ सय ७३ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार, हाल नेपालमा ३ सय ५० सक्रिय संक्रमित आइशोलेशनमा छन् ।