ललितपुर- श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौ सदस्य सुबिधा काउन्टर काठमाडौंको नयाँ बजारमा सञ्चालन भएको छ । संस्थाले सो सुविधा काउन्टरबाट आज सोमबारबाट कारोबार शुरु गरेको हो ।


ADVERTISEMENT


संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले नयाँ बजार स्थित सदस्य सुविधा काउण्टरको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा अध्यक्ष श्रेष्ठले शेयर सदस्यलाई सर्वसुलभ सुबिधा उपलब्ध गराउन थप सदस्य सुविधा काउन्टर उद्घाटन गरेको बताए । ‘हामी उपत्यकामा अझै केही सदस्य सुविधा काउन्टर सञ्चालन गर्ने योजना रहेको छ’, उनले भने ।


ADVERTISEMENT

# # #


कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशको सदस्यलाई थप सेवा दिन नया बजारका सातौ सदस्य सुविधा काउन्टर स्थापना गरेको धारणा व्यक्त गरे । आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउदै लैजाने उनको भनाई छ । यस्तै, कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भण्डारीले भने, संस्थाले आफ्ना शेयर सदस्यहरुलाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरु उपलब्ध गराएको जानकारी दिए ।

आफुनो स्थापना कालको २३ वर्षको अवधिमा हालसम्म संस्थाले करिब ३ सय भन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगारी दिएको छ भने,चापागाँउ, चाबहिल, न्यूरोड, कौशलटार र पर्सालगायतका स्थानहरुमा सदस्य सुविधा काउण्टर सञ्चालनमा ल्याइसकेको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बहुउद्देश्यीय लगानीमा स्वास्थ्य क्षेत्रतर्फ श्री लालीगुराँस हस्पिटल, शिक्षा क्षेत्रतर्फ श्री लालीगुराँस राष्ट्रिय उच्च मा.वि.÷कलेज र नेशनल एकेडेमी, डेरी परियोजना तर्फ चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, ललितपुरको गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग, उर्जा क्षेत्र तर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाईड्रोपावर लगायतसंघ संस्थामा लगानी गरेको छ ।

संस्थाबाट संचालित कार्यक्रमलाई स्तरीय, सरलीकृत तथा प्रभावकारी रुपमा सञ्चालन गर्न आफ्ना सम्पुर्ण कर्मचारीलाई समय समयमा तालिम दिइरहेको छ । सस्थाले निकट भविष्यमा उपत्यकाभित्र र बाहिर गरी थप ५ स्थानमा थप सदस्य सुविधा काउण्टर बिस्तार गर्ने तयारीमा छ ।